२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन्
रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आज (आइतबार) आयोजित कार्यक्रममा जनताका मुद्दा रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए ।
एनले भने, ‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन ।’
यसका साथै उनले जनताको उपलब्धि गुम्ने खतरा भएकोले प्रतिपक्षी दलहरू मिलेर संयुक्त मोर्चा बनाएर सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने बताएका छन् । यसका लागि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सशक्त प्रतिवादका लागि तयारी गरिरहेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij