Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

कांग्रेस-एमालेले मात्रै संविधान संशोधन गर्दा अवस्था जटिल हुन्छ : शेखर कोइराला

कांग्रेस-एमालेले मात्रै संविधान संशोधन गर्दा अवस्था जटिल हुन्छ : शेखर कोइराला


  • 2.6K
    Shares

    कांग्रेस-एमालेले मात्रै संविधान संशोधन गर्दा अवस्था जटिल हुन्छ : शेखर कोइराला
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सर्वसहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार मोरङको बूढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

    संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुने उल्लेख गरे ।

    कोइरालाले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्र हेर्ने पनि क्षेत्राधिकार दिन नहुने जिकिर गरे ।

    नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बूढीगंगा गाउँपालिकाले मिर्गौला, मुटु तथा मधुमेहसम्बन्धी निस्शुल्क स्वास्थ्य शिविर गरेको हो । नेता कोइरालाले बिरामी जाँच्दै निस्शुल्क स्वास्थ्य शिविर शुभारम्भ गरे ।

    प्रकाशित मिति :श्रावण ३२ २०८१ शुक्रवार - ११:५५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij