२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वडादेखि संघसम्मका विभिन्न संगठनहरूलाई चलायमान बनाउँदै अगाडि बढाउने तयारी गरेको छ ।
जसका लागि उसले एकसाता पहिले पदाधिकारी बैठक सम्पन्न गरेको छ भने स्थायी समिति बैठक जारी छ । त्यस्तै उसले अगामी भदौ पहिलो साता केन्द्रीय समिति बैठक आह्वान गर्ने तयारी गरेको छ ।
गत शुक्रबारदेखि जारी पार्टी स्थायी समिति बैठकमा आज (बिहीबार) ४४ जना सदस्यले उठाएका सवालको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिँदैछन् ।
प्रचण्डको जवाफ पश्चात् स्थायी समिति बैठकले नै आगामी भदौमा बस्नेगरी पार्टी केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी भएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले जानकारी दिए ।
असार १७ गते मध्यराति कांग्रेस–एमाले सत्ता गठबन्धनको सहमति पश्चात् माओवादी सत्ताबाट बाहिरिएको थियो । त्यसयता उसले आफ्ना संगठनहरू चलायमान बनाउने तयारी गरेको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ः०० बजेदेखि जारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij