२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । बैठक आज (बिहीबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
आज बस्ने बैकठमा माओवादी स्थायी समितिका ४४ सदस्यले उठाएका सवालहरूको जवाफ दिनेछन् । गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल केन्द्रित हुँदै आएको छ ।
कतिपय नेताले अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनको विकल्प खोजेका छन् ।
उपमहासचिव जनार्दन शर्माले लिखित रूपमै धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij