२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं संघीय सांसद रवि लामिछानेले टीआरसी विधेयक अन्तर्राष्ट्रिय समुदायको चासोको ख्याल गर्नुपर्ने बताए ।
आज (बुधबार) दिउँसो १ बजेबाट सुरू भएको संसद् बैठकमा टीआरसी विधेयकबारे शीर्ष नेताहरूबीच छलफल जारी छ ।
उक्त छलफलको क्रममा रवि लामिछानेले भने, ‘संक्रमणकालीन न्याय आन्तरिक मामिला हुँदाहुँदै पनि द्वन्द्व र मानवअधिकारसँग जोडिएका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय हो । हामीले टुंग्याएको मुद्दामा अन्तर्राष्ट्रिय रूपमा प्रश्न नउठ्ने परिस्थिति गराउन र उनीहरूको स्वभाविक चिन्ता र चासोको पनि ख्याल गरिनुपर्छ ।’
‘अबको आयोगले पनि त्यही नियति भोग्ने पो हो कि ?,’ लामिछानेले भने, ‘बिगतले शंकाको आधार प्रशस्त दिएको छ । त्यसतर्फ अलिहे नै सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’
उनले संक्रमणकालीन न्याय प्रक्रियामा आफ्नो पार्टीको सकरात्मक सहयोग हुने तर छड्के किनाराको साँची चाहिँ नबन्ने बताएका छन् ।
एक महिना पहिले एउटा टेलिभिजन अन्तर्वार्तामा रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहित आफूहरूले नेपालका लागि भारतीय राजदूतसँग भेटवार्ता गरेका बताएका थिए ।
उनले उक्त भेटमा भारतले रविलाई प्रधानमन्त्री बनाउने हो भने नेपाललाई भारतीय प्रान्त बनाउन सकिने रवि–स्वर्णिमले बताएको आरोप लगाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij