Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित गर्ने तयारी, सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै 

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित गर्ने तयारी, सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै 


  • 2.7K
    Shares

    प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित गर्ने तयारी, सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै 
    images

    काठमाडौं । आज (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयक पारित गर्ने तयारी गरिएको छ । 

    दिउँसो १ बजे बस्ने उक्त सभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

    प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत विधेयकमाथि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्वोधन बताइएको छ । नेताहरूले सम्वोधन गरिसकेपछि आज नै उक्त विधेयक पारित गर्ने तयारी छ ।

    कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधेयक मंगलबार नै प्रतिनिधिसभामा पेस भएको थियो । यसअघि दलहरूबीचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको हो ।

    २५ फागुन २०६९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - ०९:४०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij