२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा सदस्यहरूले बोल्नेक्रम सकिएको छ । गत शुक्रबारदेखि जारी उक्त समितिका ४४ जना सदस्यहरूले बोल्नेक्रम सकिएको हो ।
बैठकमा गत शनिबार उपमहासचिव जनार्दन शर्माले लिखित रूपमै प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए । तर, स्थायी समितिमा बोल्ने अधिकांश नेताहरूले भने प्रचण्डको विकल्प नभएको मत राखेका छन् ।
जनार्दनको लिखित रूपमै प्रचण्डले नेतृत्व त्याग्नुपर्ने अभिमत राखेपछि अर्का पार्टी उपमहासचिव वर्षमान पुनले पनि उनको अभिमतलाई स्वीकारेका थिए ।
सुशासन तथा भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गर्दागर्दै प्रचण्डले सरकार छाड्नु परेको भन्दै यस्तो बेला नेतृत्वमाथि प्रश्न उठाउनु गलत भएको अधिकांश नेताहरूले बताएका छन् ।
यसैक्रममा विचार मिल्नेहरूसँग एकता र मोर्चा बनाउनुका साथै संगठन सुदृढीकरणमा लाग्नुपर्ने नेताहरूले बताएका छन् । प्रचण्डले पनि आफूलाई रुपान्तरण गर्दै सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्नुपर्नेमा नेताले जोड दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij