२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।
इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको तुलनामा कम्पनीको नाफामा ८३.९५ प्रतिशतको बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा वर्षमा कम्पनीले १ अर्ब ९१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १९.०७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६० करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
२०८१ असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब ६७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले ३ अर्ब २४ करोड ८४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४३.८३ प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २३.२२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १७.५१ रुपैयाँ थियो। पीई रेसियो ३१.३१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २४२.०४ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij