२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । जारी संसद् बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् ।
उक्त बैठकमा बोल्दै गगनले गृहमन्त्री लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो, उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij