Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य छैन : रास्वपा

भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य छैन : रास्वपा


  • 1.7K
    Shares

    भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य छैन : रास्वपा
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनको विपक्षमा उभिने निर्णय गरेको छ ।

    मंगलबार बसेको पार्टी रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निर्णय गरेको हो ।

    प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने भन्दै यसका विरुद्धमा पार्टीले सदनमा सशक्त आवाज उठाउने बताए ।

    ‘त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, उनले भने ।

    बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय पनि गरेको छ ।

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - १२:३२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij