Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

समाचार

प्रतिनिधिसभा बैठक बस्दै : टीआरसी विधेयक र मन्त्रालयगत वार्षिक प्रतिवेदन पेस गरिँदै 

प्रतिनिधिसभा बैठक बस्दै : टीआरसी विधेयक र मन्त्रालयगत वार्षिक प्रतिवेदन पेस गरिँदै 


  • 2.0K
    Shares

    प्रतिनिधिसभा बैठक बस्दै : टीआरसी विधेयक र मन्त्रालयगत वार्षिक प्रतिवेदन पेस गरिँदै 
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । उक्त सभाको बैठक एक सातापछि बस्न लागेको हो । 

    आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने एक नम्बर कार्यसूचीमा छ । 

    सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

    पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ । 

    बैठकमा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ । 

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - ०९:३२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij