२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । जारी नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरणबारे प्रतिक्रिया दिएका छन् ।
उनले उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा पेस गरेको १७ पृष्ठको लिखित प्रस्तावमाथि प्रतिक्रिया दिँदै सबै विषयहरू हल हुने बताएका छन् ।
स्थायी समितिको बैठकको समापनपछि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै प्रचण्डले सबै मिलेर जाने बताएका हुन् ।
नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्तावबारे पत्रकारको प्रश्नमा जबाफ दिँदै प्रचण्डले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।’
उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई पार्टीको नेतृत्व छाड्न लिखित सुझाव दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij