Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

केन्द्रीय समिति बैठक 

‘समाजवाद’ हटाएर पूर्वराजाहरूले प्रयोग गर्ने ‘प्रजातन्त्र’ शब्द राख्न कांग्रेसको माग

‘समाजवाद’ हटाएर पूर्वराजाहरूले प्रयोग गर्ने ‘प्रजातन्त्र’ शब्द राख्न कांग्रेसको माग


  • 4.0K
    Shares

    ‘समाजवाद’ हटाएर पूर्वराजाहरूले प्रयोग गर्ने ‘प्रजातन्त्र’ शब्द राख्न कांग्रेसको माग

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य श्याम घिमिरेले समाजवाद शब्द हटाउन माग गरेका छन् । 

    पार्टी केन्द्रीय समिति बैठकमा उनले समाजवाद शब्द हटाएर पूर्वराजाहरूले प्रयोग गर्ने प्रजातन्त्र राख्न माग गरेका हुन् । 

    कांग्रेसले समाजवादी शब्द राख्दा कम्युनिस्टहरूलाई फाइदा भएको भन्दै उक्त शब्द हटाउनुपर्ने माग राखेका हुन् । 

    ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्, हामी र कम्युनिस्ट पार्टीबिचको अन्तर छुट्टाउन पनि कांग्रेसले समाजवाद शब्द हटाउनुपर्छ,’ घिमिरेले भने, ‘आज बीपी जीवित हुनुभएको भए समाजवादको रटान लगाइरहनुहुन्थ्यो ? के हामीले भनेजस्तो स्केन्डेभियन मुलुकहरूले आफूलाई समाजवादी भन्छन् कि, सोसल डेमोक्रयाट ?’

    नेपाली कांग्रेसले स्थापनाकाल देखिनै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । 

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - १६:१५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij