Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

स्थायी समिति बैठक 

माओवादी स्थायी समितिका ४४ सदस्यहरूमध्ये अधिकांशको प्रचण्डले नेतृत्व त्याग्नैपर्ने माग 

माओवादी स्थायी समितिका ४४ सदस्यहरूमध्ये अधिकांशको प्रचण्डले नेतृत्व त्याग्नैपर्ने माग 


  • 5.2K
    Shares

    माओवादी स्थायी समितिका ४४ सदस्यहरूमध्ये अधिकांशको प्रचण्डले नेतृत्व त्याग्नैपर्ने माग 
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक केहीबेर अघि सुरू भएको छ । गत शुक्रबारदेखि जारी उक्त समितिको बैठक आज पनि बसेको छ । 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्धारित समयभन्दा चार घण्टा पछि बैठक सुरू भएको हो । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको भए पनि शीर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो । 

    बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माणलगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए । 

    बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित माग राखेका छन् । उक्त मागबारे माओवादी केन्द्रको बैठक पेचिलो बन्दै गएको छ । 

    शर्माको लिखित माग पश्चात् पार्टी स्थायी समितिका ४४ सदस्यमध्ये अधिकांशले अध्यक्ष प्रचण्डले नेतृत्व त्याग्नुपर्ने अडान लिएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए । 

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - १५:११:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij