Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

अन्तर्राष्ट्रिय युवा दिवस

उपमेयर सुनितालाई युवाभन्दा वयोवृद्ध प्रमको स्लोगन प्यारो, भन्छिन्- युवा एक भए सुखी नेपाली, समृद्ध नेपाल बन्छ

उपमेयर सुनितालाई युवाभन्दा वयोवृद्ध प्रमको स्लोगन प्यारो, भन्छिन्- युवा एक भए सुखी नेपाली, समृद्ध नेपाल बन्छ


  • 2.8K
    Shares

    उपमेयर सुनितालाई युवाभन्दा वयोवृद्ध प्रमको स्लोगन प्यारो, भन्छिन्- युवा एक भए सुखी नेपाली, समृद्ध नेपाल बन्छ
    images

    काठमाडौं । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै युवा एक भए सुखी नेपाली, समृद्ध नेपाल बन्ने बताएकी छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले भनिन्, ‘समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरू आफ्नो क्षेत्रबाट कुनै आग्रह र पूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नुपर्छ ।’

    ‘हामी सबै जना महाअभियानमा छौँ । हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ । यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरू आफ्नो क्षेत्रबाट कुनै आग्रहरपूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुछ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु,’ उनले भनिन् ।

    सुनिता एमालेबाट काठमाडौं महानगरपालिको निर्वाचित उपमेयर हुन् । उनले आजको कार्यक्रममा बोल्दै वयोवृद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै महत्वाकांक्षा सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्न युवाहरूलाई आग्रह गरेकी हुन् ।

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - १३:३४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij