Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माधव नेपालले ओलीलाई सोत्तर पार्न कसरी ल्याउदैछन् सुनामी ? एमालेमा कतिलाई हुँदैछ कस्तो हानी ?

माधव नेपालले ओलीलाई सोत्तर पार्न कसरी ल्याउदैछन् सुनामी ? एमालेमा कतिलाई हुँदैछ कस्तो हानी ?


  • 6.4K
    Shares

    माधव नेपालले ओलीलाई सोत्तर पार्न कसरी ल्याउदैछन् सुनामी ? एमालेमा कतिलाई हुँदैछ कस्तो हानी ?

    काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्र सुनामी ल्याउने निश्चितप्रायः भएको छ । उनले कठोर कदम चाल्ने तयारी समेत गरेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बनको निर्णय गरेपछि नेपाल आक्रामक रणनीति साथ प्रस्तुत हुन लागेका हुन् ।

    नेपालले समानान्तर कमिटी गठन गरिसकेका छन् । उनले छुट्टै घर भाडामा लिएर नयाँ कार्यालय समेत खोल्न लागेका छन् । त्यही घरबाट समानान्तर कमिटी चलाइने तयारी भएको छ । योसँगै एमाले विभाजित हुने निश्चितप्रायः भएको छ ।

    यसअघि माधव नेपाल र भीम रावलमाथि १६ चैत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको निर्णय गराएका थिए । त्यसलाई नेपाल समूहले अमान्य घोषणा गरेको थियो । योसँगै एमालेभित्र टकराव बढेको छ ।

    यसैगरी, २८ फागुनमा ओलीले केन्द्रीय कमिटी बैठक डाकेर अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्ने कदम चालेका थिए ।

    नेपाल र खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेर सानेपास्थित पार्टी प्यालेसमा भेला गरेका थिए । भेलाले ओलीको राजीनामा माग्नेसम्मको प्रस्तावबारे छलफल गरेको थियो ।

    अहिले एमालेभित्र संसदीय दलमा जोडघटाउ चलिरहेको छ । संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १६:५१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij