Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

समाचार

प्रचण्ड र भारतीय विदेश सचिवबीच भेट : राजनीतिक वृत्त हलचल, कांग्रेस-एमाले गठबन्धन भत्किने भय 

प्रचण्ड र भारतीय विदेश सचिवबीच भेट : राजनीतिक वृत्त हलचल, कांग्रेस-एमाले गठबन्धन भत्किने भय 


  • 5.6K
    Shares

    प्रचण्ड र भारतीय विदेश सचिवबीच भेट : राजनीतिक वृत्त हलचल, कांग्रेस-एमाले गठबन्धन भत्किने भय 
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । 

    हिजो (आइतबार) प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा सचिव मिस्रीले नेपालबाट १० हजार मेगावट बिजुली खरिद गर्नेगरी भएको सम्झौता स्मरण गरेका थिए । 

    नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्री प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । 

    उक्त भेटमा प्रचण्ड प्रधानमन्त्री हुँदा भएको विद्युत् खरिद–बिक्री गर्ने सम्झौता ऐतिहासिक भएको भारतीय विदेश सचिवले बताएका थिए ।

    २०८० जेठ १७ प्रचण्डको भारत भ्रमणका क्रममा नेपालले आगामी १० बर्षमा १० हजार मेगावट बिजुली बेच्ने सम्झौता भएको थियो । 

    भारतीय विदेश सचिवले नेपालबाट भारत जाने विद्युत् चाँडै १ हजार मेगावट पुग्ने समेत जानकारी दिएका थिए । 

    यद्यपि यता प्रचण्ड–मिस्रीको घेटवार्तालाई लिएर राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । 

    एक डेढ महिना पहिले माओवादी केन्द्रसँगको सत्ता गठबन्धन तोडेर कांग्रेससँग सत्ता सहकार्य गरेको एमालेले उनीहरूको भेटलाई झनै शंकाको दृष्टिले हेरेको चर्चा छ । 

    कांग्रेस–एमालेले यसलाई भयको रूपमा लिएका छन् । किनकि नेपालको तरल राजनीतिमा भारतीय नेता वा उच्च पदस्थ कर्मचारीकै कारण सत्तापलट हुने खतरा प्रवल हुन्छ । 

    उनीहरूको भेटवार्तालाई कांग्रेस–एमालेले सत्ता गठबन्धनमा हलचल आउने त होइन भन्दै नजर अन्दाज गरेका छन् । 

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - ११:०१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij