२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ ।
उक्त समितिको बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपा ललितपुरमा बस्नेछ ।
बैठकमा प्रस्तुत गरिएका ११ वटा विभिन्न एजेन्डामाथि नेताहरूले आ–आफ्नो धारणा राख्नेक्रम आज पनि जारी रहनेछ ।
आज सबै नेताहरूले आफ्नो धारणा राख्ने कांग्रेसले जनाएको छ । हिजो (आइतबार) को बेठकमा धारणा राख्नेक्रममा कांग्रेस संस्थापनइतर पक्षका नेताहरू डा.शेखर कोइराला लगायतका नेताहरूले नेकपा (एमाले)सँगको सत्ता गठबन्धन घातकसिद्ध हुने निष्कर्ष निकालेका छन् ।
उनीहरूले एमालेसँग सत्ता गठबन्धनमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको कार्यसम्पादनमा शंका उत्पन्न भएको बताएका छन् । यतिबेला जनतालाई आशा जगाउने कार्यसम्पादन गर्नुको साटो गैरजिम्मेवार कार्य गरेको भन्दै बैठकमा मन्त्रीहरूमाथि नेताहरूले असन्तुष्टि जनाएका छन् ।
आज बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij