Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

माओवादी स्थायी समिति बैठक

नेतृत्व हस्तान्तरण गर्न प्रचण्डमाथि चर्को दबाब : जनार्दनको लिखित, वर्षमानको मौखिक सुझाव

नेतृत्व हस्तान्तरण गर्न प्रचण्डमाथि चर्को दबाब : जनार्दनको लिखित, वर्षमानको मौखिक सुझाव


  • 3.2K
    Shares

    नेतृत्व हस्तान्तरण गर्न प्रचण्डमाथि चर्को दबाब : जनार्दनको लिखित, वर्षमानको मौखिक सुझाव
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुक्रबारदेखि जारी छ । 

    आज (सोमबार) पनि उक्त समितिको बैठक बस्दैछ । 

    बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

    सोपकोटाका अनुसार बैठकमा स्थायी समिति सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम आज पनि जारी रहने छ । 

    हिजो (आइतबार) १४ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखिसकेका छन् । 

    हिजो पार्टी उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा लिखित धारणा राखेका थिए । 

    उनले आफ्नो लिखित धारणामार्फत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेतृत्व हस्तान्तरण गरेर सम्मानजनक बहिर्गमनको बाटो रोज्न सुझाएका थिए । 

    त्यस्तै अर्का उपमहासचिव वर्षमान पुनले पनि प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका छन् ।

    उनले हिजो पार्टी स्थायी समिति बैठकको समापन पश्चात् सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोडदिए । 
    माओवादी केन्द्रको स्थायी समिति ४४ सदस्यीय छ ।  

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - ०९:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij