Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

समर्थन फिर्ता लिने भनेको माओवादीले फेरि ५ दिनभित्र सरकारले विश्वासको मत लिनुपर्छ भनेर किन भन्यो ?

समर्थन फिर्ता लिने भनेको माओवादीले फेरि ५ दिनभित्र सरकारले विश्वासको मत लिनुपर्छ भनेर किन भन्यो ?


  • 6.1K
    Shares

    समर्थन फिर्ता लिने भनेको माओवादीले फेरि ५ दिनभित्र सरकारले विश्वासको मत लिनुपर्छ भनेर किन भन्यो ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ५ दिनभित्र विश्वासको मत लिनुपर्ने बताएका छन् ।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै गुरुङले २३ फागुनको सर्वोच्चको अदालतले दल विभाजन गरेपछि सरकार ७६९२०मा पुगेका कारणले दुई वा दुई भन्दा बढी दलको बनिसकेपछि विश्वासको मत लिनुपर्ने बताए ।

    उनले भने,‘यो संवैधानिक राजनीतिक प्रश्न अब सरकारका लागि उठेको छ, ध्यानाकर्षण गराउन चहान्छु । एक महिनाभित्र विश्वासको मत लिनुपर्छ कि पर्दैन ?’

    फैसला आएको एक महिना अर्थात् २३ चैतसम्म गर्नुपर्ने भन्दै ५ दिन बाँकी रहेको गुरुङले स्मरण गराए । आजै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको थिय ।  तर उसले भोली मात्र बैठक बोलाएको छ ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १५:२३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij