२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पठाएको अनावश्यक कागजजात लेखा समितिले प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ ।
प्राधिकरणले टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मात्रै मागेकोमा प्राधिकरणले अनावश्यक कागजात पठाएको भन्दै समितिले फिर्ता गर्न लागेको हो ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्राधिकरणले पठाएको प्रतिवेदन समितिमा अध्ययन गर्न लगाएको र अनावश्यक कागजात फिर्ता गर्ने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij