२०८२ माघ १३ गते मंगलवार
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सुदूरपश्चिम प्रमुख शर्मीलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई पदको शपथ गराएकी हुन् ।
आफ्नो शपथलगत्तै अध्यक्ष बोहराले सदस्य लक्ष्मण खड्का र भागरथी राना थारूलाई शपथ गराए । सुदूरपश्चिम सरकारले यही ९ चैतमा आयोगका पदाधिकारीमा उनीहरूलाई नियुक्त गरेको थियो ।
आयोगका पदाधिकारीको कार्यावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ । बोहरा कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए । कैलालीबाट गृह मन्त्रालय सरुवा भएका बोहराले लोकसेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिनाअगाडि राजीनामा दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij