Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रचण्ड समेतका राजनीतिक गुरु संग पार्टी एकता गर्दै विप्लव, कहिले हुँदैछ एकता घोषणा ?

प्रचण्ड समेतका राजनीतिक गुरु संग पार्टी एकता गर्दै विप्लव, कहिले हुँदैछ एकता घोषणा ?


  • 5.7K
    Shares

    प्रचण्ड समेतका राजनीतिक गुरु संग पार्टी एकता गर्दै विप्लव, कहिले हुँदैछ एकता घोषणा ?

    एक महिना अघि शान्तिपूर्ण राजनितीमा फर्किएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताको पहल हुँदै आएको तथ्य बाहिरिएको छ। 

    हिजो मंगलबार ती दुई पार्टीबीच एकताबारे फेरि छलफल भएको छ। यसअघि पनि ती दुई पार्टीबीच पार्टी एकतालाई लिएर छलफल भइसकेको छ।

    उक्त छलफलमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र मिलन तथा नेकपा (क्रान्तिकारी माओवादी) बाट स्थायी समिति सदस्य गौरव र वसन्तको उपस्थिति थियो । छलफलको मुख्य एजेन्डा कम्युनिस्ट पार्टीको एकीकरण एवं ध्रुवीकरण र रणनीतिक संयुक्त मोर्चा निर्माण रहेको बताइएको छ। 

    दुई पार्टीबीचको कार्यभार, दुवै पार्टीले अंगीकार गरिरहेका सैद्धान्तिक, वैचारिक, राजनीतिक र सांगठनिक लगायतमा निकटता रहेको निकालेको बताइएको छ।

    विविध विषयमा थप समझदारी कायम गर्दै दुई पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने गरिएको निष्कर्ष छलफलले निकालेको बताइएको छ। दुवै पार्टीका शीर्ष नेताहरु बसेर सैद्धान्तिक र राजनीतिक विषयमा छलफल गरी ठोस सहमतिमा पुग्ने समझदारी भएको बताइएको छ। श्रोतका अनुसार तत्कालै एकता घोषणा हुदैछ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १३:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij