२०८२ माघ १३ गते मंगलवार
काठमाण्डौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले निलम्बन गरेका नेकपा एमालेका नेता माधवकुमार नेपालले युवा संघ नेपालको कार्यालय उद्घाटन गरेका छन् । उनले आफु पक्षीय युवा संघको कार्यालय उद्घाटन गरेका हुन् ।
काठमाडौंको बबरमहलमा नेता नेपालले कार्यालय उद्घाटन गर्ने काममा युवा संघले कार्यालय खोल्ने काम पहिलो गरेको भन्दै धन्यवाद दिए । उनले आफूहरुलाईसमेत युवा संघले उछिनेको बताए ।
“हामीले पनि भवनको खोजी गरेका छौँ,” नेता नेपालले भने, “राम्रो ठाउँ पाउनुहुन्छ भने खबर गर्नुहोस् ।” उनले कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा पुर्याउने बताए । ओलीले पेलेपछि नेपाल एमाले भित्रै अन्तर संघर्ष गर्ने तयारीमा जुटिसकेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij