Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सबै संग एकसरो कुरा सकेर प्रचण्ड ओलीलाई समर्थन दिने मुडमा, आजै फिर्ता लिने लाग्यो टुंगो 

सबै संग एकसरो कुरा सकेर प्रचण्ड ओलीलाई समर्थन दिने मुडमा, आजै फिर्ता लिने लाग्यो टुंगो 


  • 22.5K
    Shares

    सबै संग एकसरो कुरा सकेर प्रचण्ड ओलीलाई समर्थन दिने मुडमा, आजै फिर्ता लिने लाग्यो टुंगो 

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

    सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । शीर्ष नेताको बैठक बसेर समर्थन फिर्ता लिनेबारे टुंगोमा पुगिने प्रवक्ता श्रेष्ठको भनाइ छ । 

    उनकाअनुसार यसै विषयमा छलफल गर्न माओवादीका शीर्ष नेताको बैठक बस्दै छ । समर्थन फिर्ता लिने विषयमा आज बिहान पनि एक चरण छलफल भएको थियो । आज दिउँसो पनि छलफल गरेर एक दुई दिनमै टुंगो लगाउने बताइएको छ ।

    सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १३:०६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij