२०८२ भाद्र ८ गते आइतवार
साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) विरुद्धको खोप बनेको सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएपछि नेपाली बजारमा पनि घट्दै गएको महासंघले जनाएको छ ।
यस्तै आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij