Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै सुमनाको आपत्ति

प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै सुमनाको आपत्ति


  • 2.3K
    Shares

    प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै सुमनाको आपत्ति
    images

    ठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेकी छन् । श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत यो हस्तक्षेपले राजनीतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनुहुँदैन भन्ने अझै स्पष्ट भएको उनको टिप्पणी छ ।

    उनले प्रधानमन्त्रीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि होरु भन्दै प्रश्न गरेकी छन् ।

    ‘विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो । रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई रु’ उनको प्रश्न छ ।

    सुमना थप लेख्छिन्, ‘त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको रु यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्छ ।’

    पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो ।

    विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ?

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - ११:४५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij