Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता, आज संसदीय दलको बैठक बस्दै

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता, आज संसदीय दलको बैठक बस्दै


  • 4.9K
    Shares

    मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता, आज संसदीय दलको बैठक बस्दै

    काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् । 

    एमालेका २३ सांसदले प्रस्ताव फिर्ता लिएपछि उनको पद जोगिएको हो । नेकपा एमालेको माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

    अविश्वास प्रस्तावका हस्ताक्षरकर्ता मध्येका एक सांसद कुसुम कार्कीले अविश्वको प्रस्ताव फिर्ता लिएको बताए । उनले भने ‘ हामी एमाले भएर एमालेको मुख्यमन्त्रीविरुद्ध अविश्वाको प्रस्ताव ल्याउनु कानुनी,र नैतिक हिसाबमा उचित नभएकोले फिर्ता लिएको हो’ उनले पछिल्लो विकसित परिस्थितिका कारण एमाले एउटै भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको बताए ।

    साबिक नेकपाको प्रचण्ड–माधव पक्षका ४५ सांसदले पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तीमध्ये २३ जना माधव नेपाल पक्षका हुन् ।

    पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरि मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको थियो । यसैबीच मुख्यमन्त्री डोरमणि पौडेलले आज बोलाएको दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् । बैठक बुधबार ३ बजेका लागि बोलाइएको छ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - ११:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij