२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । संघीय संसद् सचिवालयले भोलि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रेश गर्ने कार्यसूची छ ।
त्यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले उक्त समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ । उनै खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक सम्बन्धी प्रतिवेदन पेश गर्नेछिन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij