२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाल–खनाल पक्षले उक्त निर्णयको भर्त्सना गर्दै संयुक्त वक्तव्य जारी गरेको छ।
आज बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीको उक्त कदमको भर्त्सना गरेको हो। माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ ।
माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिबारे जानकारी दिँदै बैठकपछि नेता भीम रावलले पुनस्स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij