Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

 दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल

 दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल


  • 5.1K
    Shares

     दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् । प्राधिकरणका निर्देशक रहेका पौडेललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

    प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत छन् ।

    उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसकेका छन् ।

     

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १४:२९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij