Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आन्दोलनमा उत्रिएका थारु संग गृहमन्त्री संयोजकत्वको वार्ता टोलीले थाल्यो वार्ता, को-को छन् सहभागी ?

आन्दोलनमा उत्रिएका थारु संग गृहमन्त्री संयोजकत्वको वार्ता टोलीले थाल्यो वार्ता, को-को छन् सहभागी ?


  • 5.8K
    Shares

    आन्दोलनमा उत्रिएका थारु संग गृहमन्त्री संयोजकत्वको वार्ता टोलीले थाल्यो वार्ता, को-को छन् सहभागी ?

    काठमाडौँ । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटर थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सुरु भएको छ ।

    सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली रहेको छ ।

    टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १४:११:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij