Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीले घुँएत्रो हानेको भोलीपल्टै नेपालले प्रतिरक्षाका लागि बोलाएको बैठक सुरू, खनाल किन गएनन् ?

ओलीले घुँएत्रो हानेको भोलीपल्टै नेपालले प्रतिरक्षाका लागि बोलाएको बैठक सुरू, खनाल किन गएनन् ?


  • 8.7K
    Shares

    ओलीले घुँएत्रो हानेको भोलीपल्टै नेपालले प्रतिरक्षाका लागि बोलाएको बैठक सुरू, खनाल किन गएनन् ?

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टी बाट ६ महिना निलम्बन गरेको पत्र थमाएकै भोली पल्ट आज माधवकुमार नेपाल पक्षधरका नेकपा एमालेका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा नेताहरू भेला भएका छन् ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा गुटगत भेला गरेको र साथै पार्टी हितविपरीत कारबाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो ।

    झलनाथ खनाल भने उपस्थित भएका छैनन् ।

    नेताहरूमाथिको कारबाहीपछि पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको नेपाल पक्षको बैठकले भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ । झलनाथ खनालको ओली संग भित्र भित्रै सम्बाद हुन् थालेको श्रोतको भनाई छ। माधव नेपाल पक्षमा रहेका भनिएका हरू पातलिंदै जान थालेका छन्।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १३:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij