Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित


  • 1.9K
    Shares

    नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

    काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । 

    नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उक्त अवार्डबाट सम्मानित भएको हो ।

    बैंकले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरकोमा आईक्यानले बैंकलाई उक्त प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको हो ।

    काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे लाई उक्त अवार्ड प्रदान गरेका थिए ।

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - ०८:०३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij