२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् ।
गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।
अब निस्सा दिने वा नदिनेबारे पेशी तोकिने छ। उक्त पेशी तीन जना न्यायाधीशको इजलासमा तोकिने छ। यसअघि दुईजना न्यायाधीशको इजलासले फैसला सुनाएकाले सोभन्दा ठूलो इजलाशले सुनुवाइ गर्नुपर्ने छ।
सर्वोच्चले निस्सा दिएमा सुनुवाइ प्रक्रियामा जाने र नदिएमा यसअघिकै फैसला अन्तिम भएर बस्ने छ। पुनरावेदन निवेदन लिएर प्रचण्डसहित वर्षमान पुन, जनार्द्धन शर्मा, गिरिराजमणि पोखरेललगायत नेताहरू सर्वोच्च पुगेका थिए।
निबेदन हेर्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :
https://drive.google.com/file/d/1Xkzrfmow4YntCjNKCE6NX0Xw4vSaGrzr/view
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij