२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । एमाले नेता घनश्याम भुसालले आफूलाई सोधिएको स्पष्टीकरणको प्रतिवाद गरेका छन्।
चैत ८ मा महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको प्रतिवाद गर्दै नेता भुसालले उक्त स्पष्टीकरणपत्र जवाफयोग्य नभएको बताएका छन् । प्रत्युत्तरमा उनले भनेका छन,‘तपाईंले पठाउनुभएको मिथ्या पत्रको बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन । कुनै उत्तर समेत लेख्न जरुरी छैन ।’
नेता भुसालले सोधिएको स्पष्टीकरण प्रक्रियालाई नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैविरुद्ध सुनियोजित रुपले लक्षित गरिएको "कंगारु अदालत न्याय प्रक्रिया"को उपमा दिएका छन् ।
भुसालले अध्यक्ष केपी शर्मा ओलीप्रति आलोचना गर्दै भनेका छन्, ‘तपाईं त्यही कंगारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष र प्रमाणित छ।’
पूर्णपाठ :
https://drive.google.com/file/d/1TJ1fF2k0WCDyMTk8Ch9q1wwuvBHlOKUe/view
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij