२०८२ भाद्र ८ गते आइतवार
काठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।
परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम पोलियो मुक्त देश घोषणा भएको १० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको बताए । तर, पोलियो भाइरस व्यक्तिमा हालसम्म पुष्टि भने नभएको उनले बताए । उनका अनुसार जेठ ३१ मा नमुना संकलन गरिएको थियो र प्रयोगशालाको रिर्पोट २९ असारमा आएको थियो ।
‘ढलको नुमनामा दिसा परीक्षण गर्दा पोलियो भाइरस देखिाएको हो । अब पोलियो उन्मूलनका लागि गर्नुपर्ने गतिविधिलाई पुनः शसक्त रुपमा कार्यावन्यन गर्न जरूरी छ,’ डा. गौतमले भने ।
डा. गौतमका अनुसार टुकुचा–बागमती आसपासका ढलको नमुना थप संक्लन गरेर परीक्षण गर्ने तयारी रहेको छ । ढलमा पोलियो भाइरस देखा परेसँगै राष्ट्रिय खोप सल्लाहार समिति र पोलियो रोग उन्मुलन सम्बन्धि राष्ट्रिय प्रमाणिकरण समितिसँग थप परामर्श र खोप अभियान संञ्चालन गर्ने तयारीमा महाशाखा जुटेको छ ।
पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । पोलियो भाइरस पी१, पी२, पी३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ। यो रोगलाई ‘पोलियोमाइलाइटिस’ भनिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij