२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता भंग गर्ने फैसलाविरुद्ध पुनरावलोकनको निवेदन लिएर माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।
स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र लीलामणि पोखरेल लगायतलाई लिएर प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् ।
साविक नेकपाको अध्यक्षका रूपमा मुद्दाका एक विपक्षी प्रचण्ड पुनरवलोकनमा गएपनि अर्का विपक्षी एवं एमाले अध्यक्ष केपी शर्मा ओली र निर्वाचन आयोग भने पुनरवलोकनमा गएका छैनन् ।
सर्वोच्च अदालतले १५ दिनभित्र नयाँ नामसहित एकता गर्नका लागि समय दिएपनि सो समयमा दुई दलले कुनै छलफल गरेनन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ ३ गते नेकपा गठन गरी निर्वाचन आयोगमा दल दर्ता गरेका थिए ।
निर्वाचन आयोगमा दर्ता भइसकेको आफ्नो पार्टीको नाम खोसिएको भन्दै ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij