Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

यादव बस्नेतको नेतृत्वमा गोरखामा पनि नेपाल पक्षको समानान्तर कमिटी

यादव बस्नेतको नेतृत्वमा गोरखामा पनि नेपाल पक्षको समानान्तर कमिटी


  • 5.6K
    Shares

    यादव बस्नेतको नेतृत्वमा गोरखामा पनि नेपाल पक्षको समानान्तर कमिटी

    गोरखा । गोरखामा पनि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर जिल्ला कमिटी गठन गरेको छ । सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो ।

    भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालय समेत गठन गरेको पार्टीका जिल्ला कमिटी सदस्य विशेश्वर कट्टेलले बताए ।

    सचिवालय सदस्यहरुमा कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदीप क्षेत्री, कोण तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरीधारी सापकोटा रहेका छन् ।

    भेलाले सबै स्थानीय तहमा समानान्तर कमिटी गठन गर्ने निर्णय समेत गरेको बताइएको छ । पार्टीका केन्द्रीय सदस्य पिएल श्रेष्ठको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो ।



    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - ११:३०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij