Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट निलम्बित

माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट निलम्बित


  • 6.1K
    Shares

    माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट निलम्बित

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।

    पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।

    पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष ओलीले पठाएका हुन् । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।

    ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाएको पत्रमा भनिएको छ ।

    निलम्बनको पत्र यस्तो छ

    nilamban.jpg

    nilamban2.jpg

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - २०:२९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij