Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो

प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो


  • 5.8K
    Shares

    प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो


    काठमाडौँ । प्रदेश १ दलको नेतामा नेकपा माओवादी केन्द्रले ईन्द्रबहादुर आङबोलाई चयन गरेको छ ।  सोमबार बसेको संसदीय दलको बैठकले आङ्बोलाई दलको नेताकोरूपमा चयन गरेको हो ।

    तत्कालीन नेकपाको दाहाल-नेपाल समूहबाट मुख्यमन्त्री शेरधन राईविरुद्ध अश्विासको प्रस्ताव दर्ता गर्दै आङबोले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

    आजको संसदीय दलको बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र दलको सचेतकमा शौभाग्यवतिदेवी राई चयन भएको माओवादी केन्द्रले जनाएको छ ।  

    दलका उपनेता टंक आङबोहाङले माओवादी केन्द्र छोडेर एमाले गएपछि अहिले माओवादी केन्द्रसँग १५ सांसद छन् । आङबुहाङ हालसालै विस्तार गरिएको मन्त्रिपरिषदमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

    आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि समस्यामा रहेका मुख्यमन्त्री राई निर्देशन दिएपछि नेकपा एमालेकै माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता गर्ने निर्णय गरिसकेको छ । 

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १७:०३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij