Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रेशम चौधरीलाई रिहाइ गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

रेशम चौधरीलाई रिहाइ गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन


  • 5.6K
    Shares

    रेशम चौधरीलाई रिहाइ गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

    काठमाडौँ । सरकारले थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति र कन्द्रीय आन्दोलन परिचालन समितिले राखेका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ ।

    गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

    थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    रेशम चौधरी लगायतका बन्दीहरूको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो ।

    मन्त्री गुरुङका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । केन्द्रीय संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ । गृहमन्त्री वादलले माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १६:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij