२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोही मन्त्रिपरिषद्का अन्य मन्त्रीविरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियारले दुई प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै रिट परेको थियो।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सर्वोच्चले सोमबार सुनुवाइ गर्दै अख्तियारको निर्णय झिकाउन आदेश दिएको हो।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासले अग्राधिकारप्राप्त रिटको सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
यसअघि फागुन २ गते सक्कल फाइल मगाउँदै मुद्दा अग्राधिकारमा राखेर हेर्ने आदेश दिएको थियो।
बालुवाटारको उक्त जग्गा प्रकरणकै अन्य आरोपीमाथि भने विशेष अदालतमा थुनछेक बहस भइरहेको छ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij