२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल सकिएको छ।
तिम्सिनाको घरमा करिब दुई घण्टा छलफल भएको हो । छलफलमा भीम रावल, नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए।
नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला उनीहरूबीच लगातारजसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ।
यसअघि चैत १३ मा पनि प्रचण्ड(माधवले त्यही घरमा छलफल गरेका थिए । १२ चैतमा उनीहरूले कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफल गरेका थिए । ओलीलाई सत्ता च्यूत गर्न र प्रचण्ड माधव एकै पार्टीमा रहन छलफल भएको श्रोतको भनाई छ।
यसबीचमा प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा मात्रै चारपटक बैठक भएको छ भने त्यसअघि खुमलटारमा निरन्तर छलफल चलिरहेका थिए । केपी ओलीलाई सरकारबाट हटाउने विषयमा दुवै नेताको एकमत छ ।
कांग्रेस र जनता समाजवादी पार्टी अविश्वास प्रस्ताव दर्ता गर्न तयार नभएकाले दुवै नेता अप्ठेरोमा परेका छन् । नेता नेपालले कांग्रेस र जसपाको दया कृपा रहुन्जेल ओली सरकार टिकिरहने हालैका नागरिक संवादमा बताएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij