२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । केहि दिन यता बाट देशभर व्याप्त भएको वायू प्रदूषणका कारण सरकारले विद्यालयहरु बन्द गराउने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
वायू प्रद्रषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिए । चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा ओलीले सो जानकारी दिएका हुन् ।
‘अहिले प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ । त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौ । छिट्टै निर्णय लिइन्छ,’ प्रधानमन्त्री ओलीले भने । आजै त्यसका लागि शिक्षा मन्त्रालयले सुचना जारी गर्ने बुझिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij