Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल


  • 2.0K
    Shares

    अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

    भैरहवा (रुपन्देही) । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो  । 

    काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले  विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए । 

    प्रवक्ता भट्टले भने, “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।” जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ  ।

    जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए । गएराति नै बुद्धएयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । 

    अहिले काठमाडौँबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए । 

    प्रकाशित मिति :आषाढ २८ २०८१ शुक्रवार - ०७:१८:३० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij