२०८२ माघ ७ गते बुधवार
काठमाडौं । एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पार्टी र पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
खतिवडाले राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटी अध्यक्ष र नेकपा एमाले को सङ्गठित सदस्य पद त्यागेको घोषणा गरेका हुन् ।
एमालेको ‘लालकिल्ला’ मानिने र अध्यक्ष ओलीको आफ्नै क्षेत्रमा प्रभावशाली युवा नेताले पार्टी छाडेर बालेन शाहको चुनावी अभियानमा होमिने निर्णय गरेका छन् ।
आफ्नो राजीनामा पत्रमा खतिवडाले समयको पदचाप र परिवर्तनलाई आत्मसात् गर्दै आफू बालेन शाहको पक्षमा उभिएको बताएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij