Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

इन्डोनेशियाको जाभा प्रान्तस्थित तेल प्रशोधन केन्द्रमा आगलागी

इन्डोनेशियाको जाभा प्रान्तस्थित तेल प्रशोधन केन्द्रमा आगलागी


  • 5.6K
    Shares

    इन्डोनेशियाको जाभा प्रान्तस्थित तेल प्रशोधन केन्द्रमा आगलागी

    इन्डोनेशियाको जाभा प्रान्तस्थित तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ। पेर्तामिना तेल उद्योगले सञ्चालन गरिरहेको बालोन्गान प्रशोधन केन्द्रमा सोमबार बिहानैदेखि आगलागी भएको हो ।

    स्थानीय समय अनुसार सोमबार बिहान पौने १ बजेदेखि सुरु भएको आगो हालसम्म नियन्त्रणमा आएको छैन । घटनामा पाँचजना घाइते भएका छन् भने झण्डै नौ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको र केही मानिस बेपत्ता समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

    पेर्तामिनाले विज्ञप्ती जारी गर्दै आगलागीको कारण नखुलेको बताएको छ । यद्यपी आगालगी सुरु भएको बेला खराब मौसमका साथै, भारी वर्षा र बिजुली चम्किरहेको पेर्तामिनाको विज्ञप्तीमा उल्लेख छ । एजेन्सी 

     

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १३:४३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij