Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

डिम्याट शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटको आग्रह

डिम्याट शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटको आग्रह


  • 2.0K
    Shares

    डिम्याट शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटको आग्रह

    काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटलले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

    कम्पनीले साविक लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एकाअपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज बैंकका कार्यालयमार्फत चालू आर्थिक वर्ष ०८०/०८१ सम्म डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्कबापत प्रत्येक आर्थिक वर्षको १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउन भनेको हो । 

    खातावालाहरूले सन्राइज क्यापिटल वा लक्ष्मी सनराइज बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क राखी नवीकरण शुल्क बुझाउन सक्ने कम्पनीले जनाएको छ । 

    खातावालाले नवीकरणबापतको शुल्क फोनपे, क्युआर, खल्ती, कनेक्ट आईपीएस, इसेवा तथा मेरो शेयर ड्यासबोर्डमार्फत बुझाउन सक्नेछन् । 

    त्यस्तै, कम्पनीले अघिल्लो आर्थिक वर्षको वार्षिक शुल्क बुझाउन बाँकी रहेका खातावालाको खाता रोक्का हुने भएकाले सो शुल्कसमेत बुझाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।  पनि हितग्राहीको डिम्याट खाता

    त्यसैगरी सनराइज क्यापिटलमा हितग्राही खाता खोली धितोपत्र कारोबार गरेका कतिपय खातावालाले हालसम्म पनि केवाईसी अद्यावधिक नगरेकाले अद्यावधिक गराउनसमेत भनिएको छ । 

    प्रकाशित मिति :आषाढ २७ २०८१ बिहिवार - ०७:३२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij