Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा थपिए ६८ हजार जना नयाँ संक्रमित

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा थपिए ६८ हजार जना नयाँ संक्रमित


  • 5.8K
    Shares

    भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा थपिए ६८ हजार जना नयाँ संक्रमित
    images

    भारतमा कोरोनाको दोस्रो लहर तिब्र हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा संसारमा सबैभन्दा बढि नयाँ संक्रमित अहिले भारतमा देखिएको छ ।

    त्यहाँ आइतबार ६८ हजार २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । यो तथ्यांक पछिल्लो १६९ दिनमा सबैभन्दा धेरै हो ।

    यो भन्दा पहिला अक्टोबर १० मा ७४,४१८ संक्रमित थपिएका थिए । त्यस्तै पछिल्लो दिनमा ३२,१४९ मानिसहरु कोरोनामुक्त भएका छन् भने २९५ मानिसको ज्यान पनि गइसकेको छ ।

    त्यस्तै सक्रिय संक्रमितको तथ्यांक पनि लगातार बढ्दै गएको छ । भारतमा १३८ दिनपछि सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा बढि पुगेको छ ।

    अहिले भारतमा ५ लाख १८ हजार ७६७ मानिसहरुको उपचार भइरहेको छ । यो भन्दाअघि गत वर्ष नोभेम्बर ९ मा भारतमा ५ लाख ४ हजार ८७३ सक्रिय संक्रमित रहेका थिए ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १३:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij